Breaking News

रत्ननगरका मेयर सापकोटाले गरे सरकारी गाडी नचढ्ने घोषणा, अबदेखि आफ्नै गाडी चढ्ने

Banner

चितवन, चैत २२–

रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले नगरपालिकाको सरकारी गाडी चढ्ने घोषणा गरेका छन् ।

आज नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत मेयर सापकोटाले नगरपालिका प्रमुखको हैसियतले प्राप्त हुँदै आएको यातायात सुबिधा उपभोग नगरी निजी साधनको प्रयोग गर्ने घोषणा गरेका हुन् ।

मेयर सापकोटाले नारायणी अनलाइनसंग भने–‘म विगत लामो समयदेखि आफ्नै निजी सवारी साधान चढ्दै आएको थियो, त्यसैले सरकारी गाडी चढ्नुपर्छ भन्ने लागेन र अबदेखि आफ्नै निजी सवारी साधन चढ्ने घोषणा गरेको छु ।’

युवा जुझारु मेयर सापकोटाले विभिन्न समयमा रचनात्मक कार्य गर्दै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>