Breaking News

खाम पक्राउ प्रकरणः चितवन अदालतमा आज बहस सकिएन, भोलि पुनः बहस सुरु हुने

०
Banner

चितवन, चैत २२–

काठमाडौंका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा १५ वर्षपछि पक्राउ परेका माओवादीका पूर्व कमाण्डर कालीबहादुर खामको मुद्दामा आज (बिहीबार)देखि चितवन जिल्ला अदालतमा बहस सुरु भएको छ ।

हिजो साँझ सर्वोच्च अदालतबाट मिसिल आइपुगेपछि आज विहान ११ः३० बजेदेखि खामको बयान सुरु भएको थियो । त्यसपश्चात सुरु भएको थुनछेक बहसमा पहिलो दिन जाहेरवालाको तर्फबाट एक जना, सरकारी वकिलको तर्फबाट २ जना र प्रतिवादीका तर्फबाट २ जना अधिवक्ताले बहस गरेको अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए । उनले भोलि विहान १०ः३० बजेदेखि पुनः बहस सुरु हुने बताए ।

रामहरि श्रेष्ठको घरबाटै अपहरण पश्चात २०६५ वैशाख २६ गते हत्या भएको थियो । श्रेष्ठलाई सानो काम छ भन्दै वैशाख १५ गते मध्यराती तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन कमाण्डर गोविन्दबहादुर बटालासहितको टोलीले घरबाट लगेको मृतककी श्रीमती रमिलाले दिएको जाहेरीमा उल्लेख छ ।

यस घटनामा संलग्न भएको भन्दै चितवन जिल्ला अदालतले २०६८ जेठमा बटालालाई दोषी ठहर गर्दै तीन वर्ष कैद सुनाएको थियो । त्यही बेला फरार अभियुक्त सबैको मुद्दा मुल्तवीमा राखेको थियो । अहिले खाम पक्राउ परेसंगै उक्त घटनाको फाइल पुनः अघि बढाईएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>