चितवन विशेष

आधारभूत विद्यालय सुन्दरबस्तीको ५६ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

Banner

चितवन, चैत २२–

भरतपुर महानगरपालिका–१४ मा रहेको आधारभूत मावि सुन्दरबस्तीमा विविध कार्यक्रम गरिएको छ ।

विद्यालयको ५६ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विविद्य कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विभिन्न विद्यामा छात्रवृत्ति बितरण गर्नुका साथै उत्कृष्ट असल अभिभावक पुरस्कार, उत्कृष्ट शिक्षिका पुरस्कार, उत्कृष्ट शिक्षक पुरस्कार र विविध सांस्कृतिक कार्यक्रम पनि गरिएको छ । सांस्कृतिक कार्यक्रममा गायिका अपेक्षा गिरीले आफ्नो प्रस्तुति दिएकी छन् ।

कार्यक्रममा भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले विद्यार्थी भर्ना अभियानलाई उत्साहका साथ अगाडि बढाउन संस्थागत र सामुदायिक विद्यालयलाई आग्रह गरेका छन् । उनले शैक्षिक सत्र सुरु भइसकेको उल्लेख गर्दै यस महान अभियानमा एकजुट भएर लाग्न सबै बिद्यालयलाई आग्रह गरेका हुन् । उपप्रमुख अधिकारीले शैक्षिक सत्रको नाममा तछाडमछाड हुने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्न पनि विद्यालयलाई निर्देशन दिएका छन् । ‘विद्यालय उमेर पुगेका तर विद्यालय बाहिर रहेका सबै विद्यार्थीलाई विद्यार्थी भर्ना अभियानमा जोड्न आवश्यक छ’ उनले भने, ‘म छुटेको छैन’ भन्ने नारालाई अगाडि सारेर अभियानमा लाग्न सबैमा मेरो अनुरोध छ ।

भरतपुर महानगरपालिकाले शिक्षामा ठूलो लगानी गरेको बताउँदै नगर उपप्रमुख अधिकारीले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरेर विद्यार्थी संख्या बढाउन ढिला भइसकेको प्रष्ट पारे । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका उपप्रमुख कल्पना सापकोटा, भरतपुर–१४ का अध्यक्ष राजेन्द्र शाखी, कार्यपालिका सदस्य विष्णुबहादुर भुजेल, बुद्धिजीवी सन्तराम महतो, विशिष्ट चन्दादाता टेकबहादुर जिसी लगायतले मन्तव्य व्यक्त गरेकी थिइन् ।

भरतपुर १४ मा ४ वटा सामुदायिक विद्यालय छन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष खिमलाल भट्टको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>