Breaking News

भ्रुण प्रत्यारोपण गर्न विशेषज्ञलाई चितवनमा तालिम, आड्रा नेपालले दियो ५० वटा जर्सीको भ्रुण

Banner

चितवन, चैत २१–

आड्रा नेपालले पशुको नश्ल सुधारका लागि भन्दै नेपाल सरकारलाई ५० वटा जर्सी गाईका भ्रुण सहयोग गरेको छ ।
बुधबार भ्रुण प्रत्यारोपण सम्बन्धी प्रशिक्षण कार्यक्रमको समुद्घाटन समारोहमा आड्रा नेपालका कन्ट्री डाइरेक्टर टम पिग्नन्ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.रेवती रमण पौडेललाई हस्तान्तरण गरे । उक्त भ्रुण पौडेल पुनः राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका प्रमुख डा.जगदिश पाण्डेलाई हस्तान्तरण गरे ।

रोजल जर्सरी कृषि तथा बागवानी समाजको सहयोगमा प्राप्त उक्त भ्रुण तालिम पश्चात चितवन, जिरी र पोखराका विभिन्न फार्महरुमा प्रत्यारोपण गरिने आड्रा नेपालका डा.अनिल चन्द्र न्यौपानेले जानकारी दिए । भ्रुण प्रत्यारोपण अघि नेपाल सरकारका भ्रुण प्रत्यारोपणमा संलग्न ६ जना कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि तालिम समेत सुरु भएको छ । पाँच दिनसम्म चल्ने भ्रुण प्रत्यारोपण तालिममा युकेमा ५० हजार पशुमा भ्रुण प्रत्यारोण गरि सकेका प्यारागन भेटेनरी ग्रुपका भ्रुण प्रत्यारोपण विशेषज्ञ डा.मार्क बोलाण्डले प्रशिक्षण दिनेछन् ।

तालिमको कृषि मन्त्रालयका सचिव पौडेलले समुद्घाटन समेत गरे । उनले यस तालिमले नेपालमा भ्रुण प्रत्यारोपणमा कोशेढुंगा सावित हुने बताए । उद्घाटन सत्रमा कृषि मन्त्रालयका सह–सचिव डा.सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद्का पशु तथा मत्स्य संकायका महानिर्देशक डा.दोजराज खनाल, भेटेनरी विज्ञान तथा मत्स्य संकायका शैक्षिक डिन डा.दिपेश क्षेत्री, आड्रा एशियाका डा.ब्रेण्डन इर्भिन, प्यारागन भेटेनरी ग्रुपका भ्रुण प्रत्यारोपण विशेषज्ञ डा.मार्क बोलाण्ड, आड्रा युकेका प्रोग्राम अफिसर जोश ओरोजक्कोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

आड्रा नेपालका कविर रत्न स्थापितले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कन्ट्री डाइरेक्टर टम पिग्नन्को अध्यक्षतामा सम्पन्न भएको थियो । जर्सी ओभरसिज ऐड, आड्रा युकेको आर्थिक सहयोगमा संचालित नेपालमा साना दुग्ध उत्पादक कृषकहरुको लागि ग्रामीण कृत्रिम गर्भाधान अभिवृद्धि परियोजना आड्रा नेपाल र यसका साझेदार संस्थाहरु विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह फरवार्ड नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल आइआरडिसी नेपाले सन् २०२२ देखि रुपन्देहीको सैनामैना, कञ्चन गाउँपालिका र कपिलवस्तुको बुद्धभूमि तथा बाणगंगा नगरपालिकामा संचालनमा रहेको छ ।

चार वर्षे यस परियोजनाले साना तथा पछाडी परेका दुग्ध उत्पादक कृषकहरुको आम्दानी र उत्थानशीलताको अभिवृद्धिद्धारा जिविकोपार्जनमा सुधार ल्याउने र गरिबी न्यूनीकरण गर्ने लक्ष्य समेत राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>