चितवन विशेष
चितवन जिल्ला अदालतमा सुरु भयो माओवादी पूर्वलडाकु खामको बयान
०

चितवन, चैत २१-
पक्राउ परेका माओवादीका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामलाई चितवन ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खामलाई आज बिहान २ बजे चितवन ल्याइएको हो ।
चितवन प्रहरीले बुधबार नै खामलाई जिल्ला अदालत पठाएको हो । अदालतमा खामको बयान जारी रहेको चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
खाममाथि १६ वर्ष अघि काठमाडौं कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्या गरेको आरोप छ । श्रेष्ठलाई माओवादी शान्ति प्रक्रियामा आइसकेपछि काठमाडौंबाट अपहरण गरेर माओवादीको तत्कालीन तेस्रो डिजनमा पुर्याएर हत्या गरिएको थियो ।
त्यो बेला खाम डिभिजन कमाण्डर थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























