अन्तर्राष्ट्रिय

युगाण्डामा मलेरिया नियन्त्रण अभियान प्रभावित

Banner

युगाण्डा, चैत १७-

द्वन्द्व र जलवायु परिवर्तनलगायतका विश्वव्यापी सङ्कटका कारण अन्तर्राष्ट्रिय दाताहरूले युगाण्डामा मलेरिया परियोजनाहरूको लागि दिँदै आएको रकममा उल्लेख्य कटौती गरेको युगान्डाका स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार युगान्डामा विश्वमा सबैभन्दा बढी मलेरिया सङ्क्रमण दर रहेको छ र यसले मलेरिया नियन्त्रणको लागि अरु दाता राष्ट्रमा निर्भर रहनुपरेको छ । बाह्य कोष फिर्ताका कारण पूर्वी अफ्रिकी देश युगाण्डामा मलेरिया नियन्त्रण र उपचार लागतमा प्रतिकूल प्रभाव पार्ने भएकोे स्वास्थ्य मन्त्रालयको ‘राष्ट्रिय मलेरिया नियन्त्रण महाशाखाका’ प्रमुख जिमी ओपिगोले बताउनुभयो ।

युक्रेन गाजाको द्वन्द्व र जलवायु परिवर्तनका गतिविधिहरू जस्ता विश्वव्यापी मुद्दाहरूमा आफ्नो ध्यान केन्द्रित रहेको स्वास्थ्य मन्त्री ‘रुथ एसेङले’ संसदीय समितिलाई जानकारी गराउनुभयो ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार युगान्डामा प्रत्येक दश जना बिरामीमध्ये तीन जनामा मलेरिया भएको पाईन्छ । अस्पतालमा भर्ना भएका पाँच वर्ष मुनिका बालबालिका र गर्भवती महिलाहरू मलेरियाको उच्च जोखिममा रहेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>