घटना -दुर्घटना

चितवनको राप्तीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

Banner

चितवन, चैत १५-

चितवनको राप्तीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आज अपरान्ह राप्ती नगरपालिका– ७ वीरेन्द्रनगरमा ट्याक्टरमा मोटरसाइकल ठोक्किएर अनियन्त्रित भई पुनः ट्रकमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

भण्डाराबाट भरतपुर तर्फ जाँदै गरेको प्र २–०२–००५ प १३९९ नम्बरको मोटरसाइकल बिपरित दिशाबाट आउँदै गरेको ना ३ त २८७२ नम्बरको ट्याक्टरमा ठोकिई अनियन्त्रित भएको मोटरसाइकल भरतपुर तर्फ जाँदै गरेको ना ६ ख १५७७ नम्बरको ट्रकमा ठोक्किएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने महोत्तरी सम्सी–४ का बस्ने अन्दाजी २१ वर्षीय रूपेश पण्डितको उपचारको लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको छ । त्यसैगरी मोटरसाइकल चालक महोत्तरी सम्सी गाउँपालिका–४ बस्ने २४ वर्षी दिपेन्द्र पण्डित गम्भीर घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ । प्रहरीले ट्रक, चालक मकवानपुर हेटौडा–३ बस्ने वर्ष ३२ को कृष्णप्रसाद दुलाल, ट्रयाक्टर चालक राप्ती नगरपालिका–६ बस्ने वर्ष ३१ को सरोज चौधरी र मोटरसाइकल नियन्त्रणमा रहेको  जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>