Breaking News

आन्तरिक राजश्व कार्यालय भरतपुरद्वारा फागुनसम्ममा ७० प्रतिशत बढी राजश्व संकलन

Banner

चितवन, चैत १५-

आन्तरिक राजश्व कार्यालय भरतपुरले यस आर्थिक वर्षको फागुनसम्ममा ७० प्रतिशत बढी राजश्व संकलन गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यसअवधिमा ७०.३१ प्रतिशत राजश्व संकलन गरेको हो । फागुनसम्म कार्यालयले १६अर्ब ९३ करोड ९६ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ११ अर्ब ९१ करोड ६ लाख ९७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य छ । कार्यालयले आयकरतर्फ लक्ष्य भन्दा धेरै १०८ प्रतिशत राजश्व संकलन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>