घटना -दुर्घटना

नारायणी नदीमा १२ वर्षीय बालकको शव फेला

Banner

चितवन, चैत १५-

नारायणी नदीमा एक जना १२ वर्षीय बालकको शव फेला परेको छ ।

सम्पर्कविहीन रहेका भरतपुर महानगरपालिका–११ होपचोक बस्ने वर्ष १२ को मनोज श्रेष्ठको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घरपरिवारबाट खोजी गरिदिन आग्रह गरेपछि प्रहरीले निरन्तर खोजी गरिरहेको थियो । आज भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक बन पछाडि नारायणी नदीको किनारमा बालकको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले बालकको आफन्त समेतको उपस्थितिमा शवको सनाखत गरेको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>