बजार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड,प्रतितोला एक लाख २७ हजार ९ सयमा कारोबार

Banner

चितवन,चैत १५-

स्थानीय बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि चैत ८ गते हालसम्मकै उच्च मूल्य एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला २० रुपैयाँ बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>