चितवन विशेष

डा मतिप्रसाद ढकाललाई ५० हजार राशीको गैँडाकोट नगर प्रज्ञा पुरस्कार

Banner

चितवन, चैत १४-

गैँडाकोटमा बसेर नेपाली भाषा, साहित्य र व्याकरण क्षेत्रमा अध्ययन तथा अनुसन्धानमा सक्रिय भाषा विज्ञ डा मतिप्रसाद ढकाललाई गैँडाकोट नगर प्रज्ञा पुरस्कार प्रदान गरिने भएको छ ।

गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको चैत ११ गतेको बैठकले ढकाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका उपकुलपति कवि गोबिन्दराज विनोदीले डा ढकालको भाषा, साहित्य सम्बन्धी निरन्तर खोज र अनुसन्धानबाट देशमा निकै ठूलो योगदान पुगेको ठहर गरी पुरस्कार दिन लागेको नारायणी अनलाइनलाई बताए । उनले वैशाख महिनामा विशेष कार्यक्रम गरी पुरस्कार प्रदान गरिने जानकारी दिए । गत वर्ष स्थापित प्रज्ञा प्रतिष्ठानले दिन लागेको यो पुरस्कार पहिलो हो । गैँडाकोट नगरपालिका–१ का स्थायी बासिन्दा ढकाल नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् । उनका साहित्य र अनुसन्धानमूलक गरी १८ वटा कृति प्रकाशित छन् । विशेष गरी उनका कृतिहरु व्याकरण, धार्मिक तथा आध्यात्मिक खोजमा आधारित छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>