शिक्षा

भरतपुरको स्टार्स मन्टेश्वरीका बालबालिकाले खेले होली

Banner

चितवन, चैत १३-

भरतपुर महानगरपालिका–११ मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरीले बालबालिकाको लागि होली विशेष कार्यक्रम गरेको छ ।

सानैदेखि संस्कृतिको जगेर्ना गर्दै विकृति हटाउने बानी बसाल्न मन्टेश्वरीले होली कार्यक्रम गरेको हो ।

फरक शैलीमा गरिएको कार्यक्रममा बालबालिकाहरुले होली खेल्दै खुसी साटासाट गरेका छन् । कार्यक्रममा मन्टेश्वरीका म्युजिक र डान्स क्लासका शिक्षकहरुले लाइभ ब्याण्डसमेत प्रस्तुत गरे । मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाले मन्टेश्वरीले हरेक वर्ष नयाँनयाँ ट्रेण्ड ल्याउने गरेको बताए ।

मन्टेश्वरीको क्षेत्रमा ब्राण्डका रुपमा स्थापित बनेको स्टार्स मन्टेश्वरी धेरै अभिभावकहरुको रोजाइमा पर्न सफल भएको छ । जहाँबाट तपाईंका नानीबाबुहरुको भविष्य निर्माणको पाइला सुरु हुन्छ भन्ने नाराका साथ स्टार्स मन्टेश्वरी विसं २०६७ सालमा स्थापना भएको थियो । मन्टेश्वरीले बालबालिकालाई अतिरिक्त क्रियाकलापहरु सिकाउँदै आइरहेको छ । जसअन्तर्गत गायन, नृत्य र तेक्वान्दोलाई बढी प्राथमिकतामा राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>