कर्पोरेट

भरतपुरको सिजी ल्याण्डमार्कमा रहेको भिभान्ता होटल भारतीय कम्पनीले सञ्चालन गर्ने

Banner

चितवन, चैत १३-

भरतपुरको सिजी ल्याण्डमार्कमा रहेको भिभान्ता चितवन होटल टाटा समूहअन्तर्गतको इन्डियन होटल कम्पनी लिमिटेड(आईएचसीएल) ले सञ्चालन गर्ने भएको छ ।

आईएचसीएल र चौधरी ग्रुपको २५ वर्षदेखिएको सहकार्यस्वरुप नेपालको तेस्रो होटलको रुपमा आईएचसीएल सञ्चालन गर्न लागेको हो ।

आईएचसीएलकी उपाध्यक्ष दिपिका रावले तेस्रो होटलको रुपमा भिभान्ता बिस्तार हुनु कम्पनीको अर्काे महत्वपूर्ण उपलब्धि रहेको बताइन् । उनले आईएचसीएल र सिजीले विश्वका पाँच देशका ११ होटलमा सहकार्य गरिरहेको बताइन् ।

भिभान्ता बेग्लै शैली र भावना प्रस्तुत गरेको चौधरी ग्रुपको भनाइ छ । होटलमा ४५ वटा कोठा निर्माण गरिएका छन् । भिभान्ताका सुइटमार्फत् पाहुनाले सुन्दर देवचुली, भरतपुर, गैँडाकोट र नारायणी नदी वरिपरीको प्रकृतिको लोभलाग्दो दृश्य हेर्न सक्नेछन् । होटलमा २४०० वर्गफिटको सभाहलसहित बिजनेस सेन्टर रहेको छ ।

सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले सीजीले विकास गरेको होटलमा ताजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

फोटो: निरुता विक, नारायणी अनलाइन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>