चितवन विशेष

भरतपुरले प्रधानमन्त्री, राष्ट्रियसभाको अध्यक्ष, गृहमन्त्री पाउनु गर्वको विषय: रेनु दाहाल

Banner

चितवन, चैत १३-

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले देशको विशिष्ट पदमा  महानगरको प्रतिनिधित्व हुनु  गर्वको विषय भएको बताएकी छन् ।
आज राष्ट्रिय सभाको नवनिर्वाचित अध्यक्ष नारायण दाहाललाई सम्मान गर्दे यस्तो बताएकी हुन् ।

प्रमुख दाहालले भरतपुरले प्रधानमन्त्री, राष्ट्रिय सभाको अध्यक्ष र उपप्रधान तथा गृहमन्त्री पाउनु आफैमा गर्वको विषय भएको बताइन् । इतिहासमा यस्तो अवसर बिरलै मात्रमा पाइने भएकाले यो अवसर र चुनौती दुबै भएको उनको भनाइ छ ।

चितवन जिल्लालाई वैकल्पिक राजधानी बनाउन नसकिए पनि आर्थिक राजधानीको रुपमा विकास गर्न सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको उनले बताइन् । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेश्वर खनाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>