स्वास्थ्य

त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

Banner

डोल्पा, चैत १३-
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरिएको छ ।

गर्भवतीको नियमित स्वास्थ्य जाँच गर्न त्रिपुराकोट स्वास्थ्यचौकीमा उक्त आरम्भ गरिएको हो । यसअघि यहाँ तीन तीन महिनामा घुम्ती सेवामार्फत भिडियो एक्सरे सेवा प्रदान गरिँदै आएको थियो ।

“अबदेखि स्वास्थ्य चौकीबाटै दैनिकरुपमा सेवा प्रदान गरिने छ”, नगरपालिकाको स्वास्थ्य शाखा संयोजक तुलबहादुर श्रेष्ठले भन्नुभयो । नगरपालिका र स्वास्थ्य सेवा विभागबाट भिडियो एक्सरे मेसिन उपलब्ध भएसँगै उक्त सेवा नियमित गरिएको हो । यसअघि गर्भवतीले स्वास्थ्य जाँच गर्न सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता थियो । स्वास्थ्यकर्मी रोजिना पहाडी र धर्मादेवी बोहोराले उक्त सेवा प्रदान गरिरहनुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>