कर्पोरेट

एशियन पेन्ट्सले काठमाडौँमा मनायो फागु पुन्ही या भिन्तुना

Banner

काठमाडौं, चैत १२-

नेपालको पेन्ट बजारमा अग्रणी स्थानमा रहन सफल एशियन पेन्ट्सले काठमाडौँमा फागुपूर्णिमा विशेष उत्सव मनाएको छ ।

पेन्टले काठमाडौंको इन्द्रचोकमा कुटुम्ब ब्यान्डको सहकार्यमा चैत ११ गते रंगको पर्व फागुपूर्णिमा मनाएको हो ।

नेपाली संस्कृति र समुदायको पहिचान झल्काउने उद्देश्यका साथ सांस्कृतिक कुटुम्बको सहकार्यमा यस कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । आइतबार दिउँसो १ बजेबाट सुरु भएको उक्त कार्यक्रम दिउँसो ४ बजेसम्म चलेको थियो । कार्यक्रममा कुटुम्ब ब्यान्डको सांस्कृतिक प्रस्तुति रहेको थियो । सांगीतिक प्रस्तुति बाहेक सहभागीले फोटोबुथ र एशियन पेन्ट्स बाथसेन्सको ओपन शावरको पनि मजा लिएका थिए ।

कार्यक्रमको बारेमा एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर गोपालकृष्णनले भने, ‘सामाजिक सद्भाव र एकता बढाउने यस होली पर्वमा कार्यक्रम आयोजना गर्न पाएकोमा हामी निकै हर्षित छौँ । काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्याण्डसँग होली मनाउन पाउँदा हामीले गौरवान्भित महसुस गरेका छौं । हामी सहभागीको उत्साहजनक प्रतिक्रिया देखेर निक्कै खुसी छौं र हाम्रो यो विविधतालाई प्रवद्र्धन गर्न यो प्रयास जारी राख्ने आशा गर्छाैं ।’

अघिल्लो वर्षझैँ काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डकासँगको सहकार्यमा भएको यस कार्यक्रमले यस पाली पनि भरपुर सफलता पाएको आयोजकले बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>