अपराध

होलीमा चितवनमा ३८४ प्रहरी परिचालित, २८ ठाउँमा चेकिङ, बसपार्कबाट दुई पक्राउ

Banner

चितवन, चैत १२-

होलीमा चितवन जिल्लामा कुनै अप्रिय घटना घटेको छैन ।

आइतबार होली मनाउने नाममा जथाभावी रङ दल्ने र उच्छृङ्खल गतिविधि गर्ने कोही पक्राउ नपरेकोले शान्त रहेको चितवन प्रहरीले जनाएको हो ।

चितवन प्रहरी प्रवक्ता  श्रीराम भण्डारीका अनुसार होलीमा प्रहरीले विशेष निगरानी राखेकोले कुनै अप्रिय घटना घट्न पाएन । उनले चितवनमा प्रहरी र ट्राफिक प्रहरीले संयुक्तरुपमा २८ ठाउँमा चेकिङ गरेको नारायणी अनलाइनलाई बताए । जिल्लाभर विशेष गस्ती र चेकिङको लागि ३८४ प्रहरी परिचालन गरेको उनले जानकारी दिए । उनले केन्द्रीय बसपार्कबाट शंकास्पद हतियार बोकेर हिड्ने दुई जनालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको बताए । उनीहरुले धारिलो हतियार, साइकलको चेन लिएर हिडेका थिए । प्रहरीले चितवनका विभिन्न ठाउँमा कन्सर्ट भए पनि आइतबारको होली निकै शान्त रहेको बताएको छ । प्रहरीले चितवनका विभिन्न ठाउँबाट २३ वटा मोटरसाइकलाई आइतबार नियन्त्रणमा लिएर छाडेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>