Breaking News

भरतपुरमा इण्डो नेपाल टी–२० च्याम्पियनसीप सुरु, उद्घाटन खेलमा भरतपुर मेयर्स ११ विजयी

Banner

चितवन, चैत ८–

चितवनको भरतपुरमा आज (बिहीबार)देखि इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता सुरु सुरु भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैद्यानमा सुरु भएको प्रतियोगिताको समुद्घाटन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले गरिन् ।

प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर मेयर्स ११ ले विजयी सुरुवात गरेको छ । भरतपुरले बागमती प्रदेशलाई ८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भरतपुरले दिएको १५३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ७ विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन सक्यो । उसका लागि शुभ कंसकारले ८८ रनको विष्फोटक अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । रविन जोशीले २० रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भरतपुर मेयर्स ११ का लागि सौगात ढकालले ४, दिपेश श्रेष्ठले २ र गौतम केसीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको भरतपुर मेयर्स ११ ले ८ विकेटको क्षतिमा १५२ रनको बनाएको थियो । एक समय निकै खराब अवस्थामा रहेको भरतपुरलाई कप्तान दिपेश श्रेष्ठ र गौतम केसीले विष्फोटक पारी खेल्दै सम्मानजनक अवस्थामा पु¥याएको थियो । गौतमले १५ बलमा ४ छक्का र एक चौकाको मद्धतमा ३४ रन बनाएर रामनरेश गिरीबाट बोल्ड आउट भए भने दिपेशले २३ बलमा २९ रन बनाए । प्रतिक श्रेष्ठले २० रन बनाए ।

बागमतीका लागि रामनरेश गिरीले ३, तिलकराज भण्डारीले २ र मनोज यादव, अभिषेक कोइराला र सुमन सुनुवारले समान एक विकेट लिए ।

प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउ बीचको रोमाञ्चक खेल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>