चितवन विशेष

कांग्रेसमाथि पटकपटक आक्रमणको प्रयास भएको भन्दै चितवन कांग्रेसका नेताहरु चिन्तित

Banner

चितवन, चैत ८–

कांग्रेसमाथि पटकपटक आक्रमणको प्रयास भएको भन्दै चितवन कांग्रेसका नेताहरु चिन्तित भएका छन् ।

नेपाली कांग्रेस भरतपुर महानगर समितिले बिहीबार भरतपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा चितवनका नेता तथा कार्यकर्ताले पार्टी माथि पटक–पटक आक्रमण गर्ने प्रयास भइरहेको भन्दै कांग्रेस कसैको दास नभई जनताको साहारा भएको बताएका हुन् ।

नेपाली कांग्रेस जनतामुखी र जनचाहना अनुसार चल्ने पार्टी भएको उनीहरुले अन्तरक्रियामा दाबी गरे । कांग्रेसका नेता तथा कार्यकर्ताले कांग्रेस कसैको इशारा र लहैलहैमा चल्ने पार्टी नभएको औल्याए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै संविधानसभा सदस्य विष्णु माया परियारले कांग्रेस जनताको सहारा भएको बताइन् । ‘हाम्रो पार्टी साहारा बिहीनहरुको साहारा हो’ परियारले भनिन्, ‘कांग्रेसको चौतारीमा सबैलाई समेट्न जरुरी छ ।’ त्यस्तै बागमती प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री उत्तम जोशीले नेपाली कांग्रेस सबै जनताको साझा पार्टी भएको टिप्पणी गरे । उनले भने, ‘नेपालमा कति आलाकाचा पार्टीहरु उदाए अस्ताए तर कांग्रेस निडर र साहसका साथ जनताको माझमा जनताको सारथि भएर अगाडि बढेको छ ।’


कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी नयाँ शिराबाट अगाडि बढेको प्रष्ट पारे । नेपाली कांग्रेस चितवन अब कसैको इशारा र बहानामा चल्दैन सभापति खनालले भने, ‘सत्यलाई असत्य बनाउने प्रयत्न गरिदैँछ त्यसको चिरफार जनताका माझमा गएर गर्न जरुरी छ ।’

नगर समितिलाई सशक्त रुपमा अगाडि बढाउन, पार्टीका मूल्य मान्यता र  सिद्धान्तलाई आत्मसाथ गर्न,वर्तमान अवस्थामा देखिएका जटिलतालाई सहज रुपमा समाधान गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको नगर सभापति चित्रसेन अधिकारीले बताए । केन्द्रदेखि वडा तहसम्म पार्टीका एजेन्डाहरु लिएर आम नागरिकको घर घरमा पुगेर जनतासँग पार्टीले गरेका असल अभ्यासहरुको बारेमा जानकारी दिनु अन्तरक्रियाको मूल मर्म भएको सभापति अधिकारीको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, महाधिवेशन प्रतिनिधि केशव मर्हजन, पूर्वजिल्ला सभापति तोपमान सिह गुरुङ, पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, चितवन क्षेत्र नम्बर ३ ‘क’ का सभापति खेमनारायण सापकोटा, नेपाली कांग्रेस भरतपुर १४ का सभापति राजेन्द्र शाखी, १५ का सभापति ज्योति कँडेल, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु,जिल्ला कार्यसमितिका पदाधिकारीहरु,पार्टीबाट निर्वाचित कार्यपालिका सदस्यहरु, क्षेत्र, प्रदेश तथा वडा सभापतिहरुलगायतको सहभागिता रहेको थियोे ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>