Breaking News

इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट भरतपुरमा भोलिदेखि हुँदै, सोल्टी होटेलमा गरियो ट्रफी अनावरण

Banner

चितवन, चैत ७–

चितवनमा भोलि (बिहीबार)देखि इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिता सुरु हुनुअघि आज (बुधबार) प्रतियोगिताको विजेताले पाउने ट्रफी अनावरण गरिएको छ ।
पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा एक कार्यक्रमकाबीच आयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया र प्रतियोगिताको मुख्य माउण्टेन ड्युको नेपालका लागि वरुण वेभरेजका कन्ट्री हेड विशाल सिंह ठाकुरले ट्रफी अनावरण गरे ।

सो क्रममा बोल्दै चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष पियाले चितवनको क्रिकेटलाई यो प्रतियोगिताले थप उचाई पु¥याएको बताए । उनले पछिल्लो समय चितवनमा धेरै प्रतियोगिता हुन थालेको भन्दै अब ठूला प्रतियोगिताको आवश्यकता महसुस भइरहेको बेला इण्डो नेपाल प्रतियोगिता गर्न पाउँदा आफैमा खुशीको कुरा भएको बताए । ‘म आज एकदमै खुशी छु, हामीले धेरै प्रतियोगिताहरु गर्दै आइरहेका छौं, यो हाम्रो लागि ठूलो प्रतियोगिताको सुरुवात हो’–अध्यक्ष पियाले भने ।

वरुण वेभरेजका कन्ट्री म्यानेजर नेपालका लागि चर्चित ब्राण्ड माउण्टेन ड्यु नेपालको क्रिकेटसंग जोडिन पाउँदा खुशी लागेको बताए । यस प्रतियोगिताले नेपाल र भारतबीचको क्रिकेट सम्बन्धलाई अगाडि बढाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

भरतपुरमा कूटनीतिक सम्बन्ध र पर्यटन सम्भावना प्रवद्र्धन गर्न आयोजित इन्डो नेपाल टी–२० च्याम्पियनसीप गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको (नमुना मैदान)मा भोलिबाट सुरु हुनेछ । प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउ बीचको रोमाञ्चक खेल हुनेछ । यस प्रतियोगिताको सबै खेल कान्तिपुर म्याक्स एचडी र कान्तिपुरको डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष प्रशारण हुनेछ ।

आयोजकद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘हामीले भरतपुर भ्रमण २०२४ को प्रवद्र्धन गर्दै भरतपुर महानगरपालिकाले विश्व दर्शकसामु आफ्नो समृद्ध सांस्कृतिक सम्पदा र प्राकृतिक सम्पदा देखाउने यो अवसरको पहिचान गरेको छ। टूर्नामेंटले क्रिकेट उत्साही र पर्यटकहरूलाई भरतपुरको जीवन्त शहर अन्वेषण गर्न र विशेष आकर्षणहरूमा संलग्न हुन आमन्त्रित गर्दछ।’

इन्डो नेपाल टी–२० च्याम्पियनसिपको काउन्टडाउन सुरु हुने बित्तिकै क्रिकेट संघ चितवनले यस कार्यक्रमलाई स्वीकृत गरेकोमा नेपाल क्रिकेट संघलाई धन्यवाद समेत दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>