चितवन विशेष

तुवालोले भरतपुरबाट पोखरातर्फ हुने उडान अवरुद्ध

Banner

पूजा ढकाल

चितवन, चैत ७

भरतपुरबाट पोखरातर्फ हुने उडान अवरूद्ध भएको छ ।

पोखराको आकाश धुँवा र तुवालोले ढाकिएकोले भरतपुरबाट पोखरा हुने उडान अवरूद्ध भएको हो ।

भरतपुर विमानस्थलको अनुसार भरतपुरबाट पोखरा दैनिक एक उडान हुँदै आएको छ । तर, आज भने पोखरामा तुवालोले भिजिबिलिटी कम हुँदा उडान अवरूद्ध भएको छ । बिहान ६ बजेबाट सञ्चालन भएको विमानस्थलबाट काठमाडौँतर्फ भने सबै उडान भएको विमानस्थलले नारायणी अनलाइनलाई जानकारी दिएको छ ।
विमानस्थलका अनुसार दैनिक १० उडान गर्दै आएको बुद्ध एयरले आज भरतपुरबाट पोखराको बाहेक काठमाडौँको ५ उडान गरिसकेको छ । मौसम पानी पर्ला जस्तो भए पनि अन्य दिन सरह मौसम राम्रो भए बेलुका सम्मै विमानस्थल सञ्चालन हुने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै धुँवा र तुवालोले आकाश ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवरूद्ध भएको छ । बिहान पोखराबाट बुद्ध एयरको दुइटा र यति एयरको एउटा फ्लाइट पोखराबाट काठमाडौं उडे पनि त्यसपछि उडान अवरूद्ध भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन् । धुँवा र तुवालोले आकाश ढाकेकाले काठमाडौंबाट पोखरा एउटा पनि उडान हुन नसकेको उनले जानकारी दिइन् ।

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>