Breaking News

दासढुंगामा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

Banner

चितवन, चैत ७-

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ दासढुंगामा ट्रक र मोटरसाइक्ल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर–२९ कुसुनटार बस्ने बर्ष ३२ को सोमलाल लामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

आज बिहान १ः५० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ७ ख ७६४ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालक लामाको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान २ः३५ बजे मृत्यु भएको हो ।

प्रहरीले दुवै सवारी साधन र ट्रक चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१३ बस्ने बर्ष ३९ को दुर्गा बहादुर स्याङ्ताङलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>