अर्थ
सुनको मूल्य प्रतितोला रु सात सयले बढ्यो
०
काठमाडौँ,चैत ६-
स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुन पनि प्रतितोला रु सात सयले बृद्धि भएको छ । महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला रु एक लाख २४ हजार छ सय कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला रु एक लाख २३ हजार नौ सय मूल्यमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । सोमबार प्रतितोला रु एक हजार पाँच सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार पाँच सय २५ निर्धारण भएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>