राजनीति
निसीखोला बस दुर्घटनामा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
०

काठमाडौँ, चैत ५-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पश्चिमबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस बाग्लुङको निसीखोलामा दुर्घटना भई आठ जनाको मृत्यु र २५ जना यात्रु घाइते भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशन समेत दिनुभएको छ । साथै प्रधानन्त्री दाहालले बारम्बार भइरहेका सवारी दुर्घटनाबाट शिक्षा लिँदै दुर्घटना कम गर्न सकिने उपायहरूसहित आवश्यक योजना निर्माण गर्न अनुरोध गर्नुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























