चितवन विशेष

कविलासमा बालकुमारी इङलिस स्कुलको निःशुल्क स्वास्थ्य शिविर

Banner

चितवन, चैत ५–

बालकुमारी इङलिस स्कुल नारायणगढले आफ्नो ५५औं वार्षिकोत्सवको असरमा कविलासमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

भरतपुर–२९ कविलास स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरमा ८४२ जनाले स्वास्थ्य लाभ लिएको विद्यालयका प्रशन्न कुमार जोशीले जानकारी दिए । जसमध्ये २६० जनाको आँखा परीक्षण, ३५५ जनको दन्त परीक्षण, २२७ जनको मुटु, स्त्री तथा प्रशुती सम्बन्धी परीक्षण गरिएको थियो ।

यस्तै कविलास स्वास्थ्य चौकीको सहयोगमा ६५ जना महिलाहरुको भिडियो एक्सरे समेत गरिएको थियो । परीक्षणका क्रममा १३ जनामा मोतियाविन्दु देखिएकाले उनीहरुको भरतपुर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभात कुमार जोशीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभात कुमार जोशीको अध्यक्षता तथा वडा अध्यक्ष सूर्यबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भरतपुर आँखा अस्पताल, नेशनल सिटी हस्पिटल, सभ्यश्री डेण्टल क्लिनिकको प्राविधिकको सहयोगमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य शिविरमा भरतपुर आँखा अस्पताल, नेशनल सिटी हस्पिटल, सञ्चो फर्मा नारायणगढ, डा.आशिष पुनलगायतको सहयोगमा औषधि वितरण समेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>