राजनीति
आगामी माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय
०

काठमाडौँ , चैत्र ५-
नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौँको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले विद्यामान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले जानकारी दिए ।
त्यसका लागि प्रदेश र पालिकाको सम्मेलन गर्ने निर्णय भएको उनले जानकारी दिए । त्यसैगरी बैठकले पुराना शक्तिबाट देशले निकास नपाउने भन्दै नयाँ वैकल्पिक समाजवादी क्रान्तिको नेतृत्व नेसपाले गर्न सक्ने निष्कर्ष निकालेको छ । यस्तै माओवादी केन्द्रसँग एकता प्रक्रियामा गएका नेताहरूको जिम्मेवारीबाट मुक्त गरिएको छ ।
यस्तै बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा अगाडि बढाउने निर्णय भएको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























