चितवन विशेष

अब मेनपावरबाट पनि नेपाली कामदार कोरिया जान पाइने, महिनाको पाँच लाखसम्म कमाइ

Banner

काठमाडौं, चैत ५-

अब मेनपावर कम्पनीबाट नेपाली कामदार कोरिया जान पाउने भएका छन् ।

सरकारले नेपालबाट कोरियामा नेपाली कामदार पठाउँदै आएकोमा मेनपावरबाट पनि पठाउन सकिने कार्यविधि तयार भएपछि मेनपावरबाट पनि जान पाइने भएको हो ।

दक्षिण कोरियाले सुरूमा कृषि तथा पशुपालन, उत्पादनमूलक र सीप बिल्डिङ क्षेत्रमा नेपाली कामदार लैँजादै आएकोमा पछिल्लो समय अब वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा पनि लग्ने बताउँदै आएको छ । सन् २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डस्ट्री क्षेत्र थपिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० मार्फत् मेनपावरलाई नेपाली कामदार पठाउन बाटो खोलेको हो । नेपाली नागरिकलाई दक्षिण कोरियामा सीपयुक्त श्रमिकको रूपमा (ई–७ भिसा प्रणालीमार्फत) रोजगारीको लागि पठाउने गरी यो कार्यविधि बनेको छ । नयाँ कार्यविधिमा ई–७ भिसा प्रणाली सञ्चालन मापदण्ड पूरा गरेका वैदेशिक रोजगारीको कार्य गर्न अनुमति प्राप्त नेपाली इजाजतपत्र प्राप्त संस्थाहरूले नेपाली श्रमिक पठाउन सक्ने उल्लेख गरेको छ । भाषा सिकेका दक्ष कामदारले महिनाको पाँच लाख नेपाली रुपैयाँसम्म आम्दानी गर्ने जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>