चितवन विशेष

नारायणगढको भानु माविमा शिक्षक नियुक्तिमा मनपरी भएको भन्दै अनेरास्ववियुको ध्यानाकर्षण

Banner

चितवन, चैत ५-

भरतपुर महानगरपालिका–१ नारायणगढको भानु माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिमा मनपरी भएको भन्दै अनेरास्ववियुले ध्यानाकर्षण गरेको छ ।

अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिसहित पुगेको विद्यार्थीहरुको प्रतिनिधि मण्डलले आज भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा र विद्यालयको प्रधानाध्यापकलाई विज्ञप्ति बुझाएर ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा भानु माविमा प्रावि राहत कोटाको शिक्षक छनोट प्रक्रियामा अनियमितता भएको जनाइएको छ । विद्यालयले गत फागुन १४ गते विज्ञापन गरेर फागुन २८ गते उल्लेख्य दरखास्त परेको अवस्थामा फेरि फागुन ३० गते अर्काे विज्ञापन गरेर करार सूचिमा रहेका योग्य उम्मेदवारलाई अवसरबाट बञ्चित गराइएको विज्ञप्तिमा आरोप लगाइएको छ । योग्यताक्रम अनुसार निवेदन दिएका योग्य उम्मेदवारलाई छनोट नगरी अर्काे विज्ञापन गर्नु राजनीतिक अभिष्ट पूरा गर्ने प्रपञ्च भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ , ‘उक्त प्रक्रियाले योग्य उम्मेदवारलाई अवसरबाट बञ्चित गराई आफू निकटका व्यक्तिलाई राजनीतिक भर्ती गराउने योजना गरेको प्रति अनेरास्ववियु जिल्ला कमिटी चितवनको गम्भीर ध्यानाकर्षण भएको छ । ’ अनेरास्ववियुले त्रुटि सच्याएर पुन प्रकाशित उक्त विज्ञापनलाई बदर गरी पुरानै विज्ञापन अनुरुप योग्य उम्मेदवारलाई नियुक्ति प्रक्रिया अगाडि बढाउन अनेरास्ववियुले माग गरेको छ । यस शान्तिपूर्ण आग्रहको बेवास्ता भएमा जस्तोसुकै शक्ति संघर्षमा उत्रन बाध्य हुने भन्दै अनेरास्ववियुले विद्यालय र भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको ध्यानाकर्षण गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>