प्रवास

स्पेनको बार्सिलोना बन्यो नेपालमय, एनपीपीएफको महाधिवेशन मेयर रेनुले उद्घाटन गर्ने

Banner

स्पेन, चैत ४-

विश्वकै रमणीय गन्तव्य स्पेनको बार्सिलोनामा युरोपमा रहेका नेपालीहरुको बृहत् जमघट हुदैछ । नेपाली जनप्रतिशील मञ्च (एनपीपीएफ)  युरोपको ५ औँ महाधिवेशन तथा नेपाली जनप्रगतिशील मञ्च स्पेनको चौथो अधिवेशनमा सहभागी बन्न प्रगतिशील नेपालीहरु बार्सिलोना आउने क्रम बढेको छ । महाधिवेशनमा १ सय बढी प्रतिनिधि सहभागी हुदैछन् । महाधिवेशन तथा अधिवेशनको उद्घाटन भरतपुर महानगरका मेयर रेनु दाहालले गर्ने मञ्चले जनाएको छ । मेयर रेनु भरतपुर भ्रमण वर्ष २०२४ को निमन्त्रणा गर्दै यतिबेला युरोप भ्रमणमा छिन् । स्पेन आइपुगेकी दाहाल स्पेन स्थित नगरपालिकाहरुसँग भ्रमण वर्षबारे जानकारी गराउने, निमन्त्रणा गर्ने कार्यमा सक्रिय छिन् । प्रवासीहरु मार्फत  विदेशी पर्यटकलाई भरतपुर भ्रमण गराउन सघाउ पुग्ने उनको विश्वास छ ।

महाधिवेशन यहि १७ र १८ तारिखमा बार्सिलोनाको हस्पिटालेत दे लोब्रेगातको सुविधासम्पन्न सभाहलमा दिउँसो  ३ बजेदेखि सुरु हुदैछ । युरोप स्थित नेपाली राजदूतहरु, विभिन्न संगठनका प्रमुखहरु सहभागी हुदैछन् ।
मञ्चका स्पेन अध्यक्ष विशाल ढुंगानाले प्रतिनिधिहरुलाई ३ दिनको आवासीय सुविधा सहितको व्यवस्थापन मिलाइएको जानकारी दिए । उनका अनुसार महाधिवेशनमा नेपाली कला, संस्कृति समेत प्रस्तुत हुनेछन् । स्पेनमै हुर्केका नेपाली ससाना बाबू नानीहरुले नेपाली मौलिक गीतमा नृत्य गर्दैछन् ।

नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठनका रुपमा मञ्च क्रियाशील छ । मञ्चमा प्रवासमा रहेका प्रगतिशील विचार अंगालेका नेपालीहरु आवद्ध छन् । विश्वभरका नेपालीहरुको बृहत् जमघटले स्पेनबासी तथा घुम्न आउने पर्यटकले नेपालबारे बुझ्न सघाउने विश्वास लिइएको छ । बार्सिलोना यतिबेला नेपालमय बन्न पुगेको छ ।  महाधिवेशनमा मञ्चका सांगठनिक विभाग प्रमुख उदयराज गौतम, आर्थिक विभाग प्रमुख प्रकाश पौडेलले प्रतिवेदन प्रस्तुत गर्नेछन् । बन्दशत्रमा समुहगत छलफल गरेर प्रवासीहरुको हकहितका भावी कार्ययोजना समेत तय गरिने ढुङ्गानाले बताए । महाधिवेशनले स्पेन घोषणापत्र जारी गर्नेछ ।

महाधिवेशन व्यवस्थापन समिति संयोजक गंगाप्रसाद भुषालले महाधिवेशन युरोपमा रहेका नेपालीहरुको पुर्नमिलनको पर्व बन्ने बताए । युरोपभित्रका राष्ट्रिय कमिटिहरुले हरेक देशभित्रका समस्या र सम्भावनाबारे आआफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन् । महाधिवेशनमा विधान संसोधनबारे गहन छलफल हुने उनले दिए । नेपालको समसामयिक राजनीति, प्रवासीहरुका एजेन्डा, प्रगतिशील विचारबारे समेत सुक्ष्म  छलफल हुने जनाइएको छ ।

नेपाली जनप्रगतिशील मञ्च स्पेनका सचिव केशवराज कँडेलले युरोप महाधिवेशन स्पेनमा हुनु गौरवपूर्ण भएको बताए । उनका अनुसार स्पेन कमिटिको नयाँ कार्यसमिति घोषणासमेत १७ तारिखमै हुने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>