चितवन विशेष

गणित विषयबारे चितवनमा नेपाल गणित समाजको छलफल

Banner

चितवन, चैत ३-

अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा चितवनको वाल्मीकि स्कुलमा बिहीबार गणित विषयको बारेमा छलफल भएको छ ।

समाजले चितवनका विभिन्न क्याम्पसहरुमा अध्यापनरत शिक्षकको सहभागितामा कक्षा ११ र १२ मा गणित विषय एवम् परियोजना कार्यका सन्दर्भमा छलफल गरेको हो ।

नेपाल गणित समाज बाग्मती प्रदेशका सभापति सह प्राध्यापक राजाराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रा. डा. नारायण पहारी र सह प्रा. डा. श्रीराम खड्काले गणित विषयमा विद्यार्थीमा देखिएको जटिलता एवम् कमल नेपाल र सह प्रा. राजाराम आचार्यले परियोजना कार्य तथा गणित विषयकाबारेमा आ–आफ्नो विचार प्रस्तुत गरे । कार्यक्रममा प्रा. दयाराम पौडेल, भूपेन्द्र धितालले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी वैदिक गणितका प्रशिक्षक डा. योगेश चन्दनाले वैदिक गणितको बारेमा चर्चा गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>