शिक्षा

स्मार्ट किड्स मन्टेश्वरीका २२ बालबालिका दीक्षित

Banner

चितवन, चैत ३-

भरतपुर महानगरपालिका–९ मिलन चोकस्थित स्मार्ट किड्स मन्टेश्वरीका २२ बालबालिका दीक्षित भएका छन् । मन्टेश्वरीले शनिबार दीक्षान्त समारोह तथा अभिभावक दिवसको अवसरमा युकेजीको अध्ययन सकेका बालबालिकालाई दीक्षित गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले शिक्षाको पहिलो आधारशिला मन्टेस्वरी शिक्षा भएको बताए । अबका बालबालिकालाई व्यवहारीक र विश्व बजारमा बिक्न सक्ने शिक्षा दिन आवश्यक रहेको भन्दै उनले महानगरले हरेक शुक्रवार बालबालिकालाई व्यवहारीक शिक्षामा जोड दिन किताबमुक्त बनाएको बताए ।

मन्टेश्वरीकी सञ्चालक देवी आचार्यले मन्टेवश्वरीका शिक्षक कर्मचारीले सबै बालबालिकालाई आफ्नै बालबच्चा सरह व्यवहार गर्ने गरेको बताइन् । मन्टेश्वरीले बालबालिकालाई औपचारीक शिक्षामा मात्रै नभएर व्यवहारीक एवम् मनोरञ्जनात्मक ज्ञानमा पनि जोड दिने गरेको उनले बताइन् । अभिभावकहरुको विश्वास र मायाका कारण मन्टेश्वरीले १४औँ दीक्षान्त समारोह मनाउन पाएको उनको भनाइ थियो ।

कार्यक्रममा प्ले ग्रुप, एलकेजी र युकेजीमा पढ्ने विद्यार्थीहरुले विभिन्न प्रस्तुती देखाएका थिए । अभिभावकहरुले आफ्ना बालबच्चाहरुले देखाएको प्रस्तुती हेर्दै रमाए । शनिवार दीक्षित हुन लागेका विद्यार्थीका अभिभावक निराजन रेग्मीले सामाजिक, नैतिक लगायत मन्टेश्वरीमा सिक्नुपर्ने सबै कुरा आफ्ना बालबच्चाले सिकेको महसुस भएको बताए । व्यवहारीक शिक्षा समेत दिएकामा उनले मन्टेश्वरीलाई धन्यवाद व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>