राजनीति

काँग्रेस १५ औँ महाधिवेशनः नेतृत्वका लागि उम्मेदवारी दर्ताको रौनक

०
Banner

काठमाडौं, असोज २०-

नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया तिब्रताका साथ अघि बढेको छ ।

मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा पुगेर पार्टीका विभिन्न तहका नेताहरूले उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितका पदहरूमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । महाधिवेशनमा उम्मेदवारी दर्ता गराउने क्रममा विभिन्न पदमा नेताहरूको लर्को लागेको छ । महामन्त्री पदका लागि नैनसिंह महरले औपचारिक रूपमा मनोनयन दर्ता गराउनुभएको छ ।

यसअघि नै महामन्त्री पदका लागि प्रदीप पौडेल र डा.सुनीलकुमार शर्माले पनि आफ्नो दाबेदारी प्रश्तुत गरिसक्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>