राजनीति

कांग्रेस र एमाले मिलेर अघि बढौं: रामहरी खतिवडा

Banner

काठमाडौं, चैत ३-

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले कांग्रेस र एमाले मिलेर अगाडि बढ्न आग्रह गरेका छन्।

ढुवानी व्यवसायी महासंघ नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खतिवडाले कांग्रेस र एमाले मिल्दा स्थिर सरकार बन्न सक्ने बताउँदै मिलेर अगाडि बढ्न आग्रह गरेका हुन्।

‘तपाई हामी मिलौं, स्थिर सरकार बन्न सक्छ,’ खतिवडाले भने। त्यसका लागि समानुपातिकलाई राष्ट्रियसभामा लैजाने र प्रतिनिधि सभालाई पूर्ण प्रत्यक्ष प्रणाली बनाउने गरी संविधान संसोधन गर्न सकिने उनले बताए।

‘नभए स्थिर सरकार नबन्ने भयो। तपाईले एउटालाई तान्ने, मैले एउटालाई तान्ने। तानातान गर्ने काम केही नहुने। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ उनले भने। उनले आफ्नो पार्टी संसदलाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन्।

कानुन निर्माण गर्ने थलो संसदलाई बन्धक बनाएर, तर्साएर, थर्काएर नराखि अघि बढाउनका लागि काँग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको उनले बताए। संसदीय पद्धतिअनुसार मुलुकलाई नयाँ बाटोमा लैजान कांग्रेस प्रतिबद्ध रहेको सांसद खतिवडाले बताए। न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>