समाचार
स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान
०

पर्वत, चैत ३-
नेपाल पत्रकार महासंघ कास्कीले स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण गर्ने भएको छ ।
गतवर्ष पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०८० अर्पण गरिने भएको हो । पुरस्कारको राशी नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र र दोषल्ला रहेको छ ।
मरणोपरान्त सम्मान स्व। पौडेलका श्रीमती प्रतिभा अधिकारी पौडेलसँगै परिवारका सदस्यलाई अर्पण गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितीमा सम्मान अर्पण गरिने अध्यक्ष भण्डारीले जानकारी दिईन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























