समाज
विराटनगरमा स्टाफ नर्स बाथरुममा मृत भेटिइन, हत्याको आशंका
०

विराटनगर, चैत २-
मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स मृत भेटिएकी छन् । प्रहरीका अनुसार अस्पतालनजिकै डेराको बाथरुममा शरीरका केही भागमा धारिलो हतियारको चोट देखिएको आवस्थामा चन्द्रिकाकुमारी दासको शव भेटिएको हो ।
मोरङका एसपी नवराज कार्कीले शरीरका केही भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या भएको प्रारम्भिक अनुमान रहेको बताए ।
‘हामीले प्रहरी टोली घटनास्थल पठाइसकेका छौं । अनुसन्धान भइरहेको छ’, कार्कीले भने । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको हो ।
दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ । हत्यामा संलग्नको पहिचान खुल्न नसकिरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेर डीएसपी दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























