Breaking News

कुवेतमा कारको ठक्करबाट ३ नेपालीको मृत्यु

Banner

दुबई, चैत १-

कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु भएको छ । गत मंगलवार कुवेतको महाबुल्ला क्षेत्रको सी-साइड सडक दुर्घटनामा तीन नेपालीको मृत्‍यु भएको हो ।

नेपाली दुतावासले गरेको पुष्टी अनुसार कारले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै भएको थियो । उनीहरु एकै कम्पनीमा कार्यरत थिए । दुर्घटनामा परी लयती पन्चदेवल विनायक-५ आछामका सुरत बहादुर कठायत (सानो भर्याङ्ग) नागार्जून-२ काठमाडौंका सुजन कार्की र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर मृत्यु भएको हो । कुवेतकै हवालीमा बस्दै आएका सुजन र धिरज सोमवार राति रमादान सुरुभएको पुर्वसन्ध्यामा महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए ।

अरब टाइम्सले भने महाबुल्ला क्षेत्रको सडक दुर्घटनामा दुई जना नेपाली नागरिक र अर्का एक अपरिचित व्यक्तिको मृत्यु भएको जनाएको छ । एउटा शवको सुरुमा पहिचान नखुले पनि पछि कम्पनीसँग सम्पर्क गर्दा उनी पनि नेपाली नै रहेको पुष्टि भएको हो ।

साथै शवलाई फरेन्सिक जाँचका लागि पठाइएको र कार चालक कुवेतका नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको समाचारमा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>