चितवन विशेष
शिशु फर्टिलिटीको सफलताः ९ महिनामा ७० शिशुको जन्म,४० जनाले गरे गर्भधारण

चितवन, चैत १-
निःसन्तानपनको समस्याकै कारण परिवार, समाज र आफन्तबाट मानसिक यातना भोग्नुपरेको छ ? यदि छ भने तपाईको दम्पतीलाई भरतपुरको शिशु फर्टिलिटी क्लिनिकले खुसी दिन सक्छ । पुरानो मेडिकल कलेज अगाडि रहेको शिशु फर्टिलिटीले वर्षौँदेखि निःसन्तापनको समस्या भोगेका महिलामा उपचार पश्चात प्राकृतिक तरिकाले गर्भधारण गराउँदै आएको छ ।
पारिवारीक खुसीका साथमा उपचार सेवा दिँदै आएको यस क्लिनिकले पछिल्लो समय सफलताको शिखर चुम्दै गएको छ । गर्भधारण नभएर तनाव भोगिरेहका दम्पती शिशु फर्टिलिटी क्लिनिकमा आउँछन् । यहाँ आउने वित्तिकै उनीहरु शिशु फर्टिलिटीको पारिवारीक सदस्य बन्छ, र नयाँ सदस्यको आगमनको लागि क्लिनिकका सबै सदस्य उपचारमा लाग्छन् ।
सेवाग्राही केन्द्रित सेवा र प्रजनन् विशेषज्ञ चिकित्सकका कारण शिशु फर्टिलिटीले नयाँ–नयाँ सफलता प्राप्त गरेको शिशु फर्टिलिटी क्लिनिककी सिईओ सविना बजगाई बताउँछिन् । चालु आर्थिक वर्ष २०८०/८१ को नौं महिनामा क्लिनिकमा ७० जना बच्चाको जन्म भइसकेको छ । ४० जनाले गर्भधारण गरेका छन् ।
आईभिएफ (टेस्टट्युब)बाट चार जुम्ल्याहासहित २० बच्चाको जन्म भएको छ भने आईयुआईबाट १२ जनाले सन्तान प्राप्त गरेको शिशु फर्टिलिटी क्लिनिककी सिईओ सविना बजगाईले बताइन् । ‘शिशु फर्टिलिटीले यतिधेरै सफलता प्राप्त गर्नुको कारण विरामी केन्द्रित सेवा, प्रजनन् विशेषज्ञ चिकित्सक, दम्पतीले गर्ने हेरचाह र नर्सको सहयोग नै हो’, उनले भनिन् ।
क्लिनिकमा पुग्ने महिलाले एउटा असल र सहयोगी परिवारमा पाउने माया र हेरचाह पाउँछन् । माया, सुझाव र हेरचाह पाएपछि महिलामा आशा पलाउँछ । यसरी मानसिक रुपमा तयार भएका महिलाले स्वस्थ बच्चा जन्माउन सक्ने सम्भावना पनि उच्च हुने उनी बताउँछिन् । क्लिनिकबाट उपचार सेवा लिएर सन्तान प्राप्त गरेका दम्पतीले सकरात्मक प्रतिक्रिया दिने गरेको उनले बताइन् ।























