अपराध

नक्कली अमिलो बिक्री गर्ने चितवनका तीन कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर

Banner

चितवन, फागुन ३०-

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले नक्कली चुक अमिलो बिक्री गर्ने तीन कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

कार्यालयले सरकारी वकिलमार्फत् हदैसम्मको सजाय माग गर्दै मंसिरमा मुद्दा दर्ता गरेको हो । यसको फैसला आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

नक्कली चुक अमिलो बेच्ने कम्पनीहरुमा पहाडी चुक अमिलो खैरहनी नगरपालिका–१, आचार्य फुड्स रत्ननगर नगरपालिका–३ र भरतपुर महानगरपालिका–१० मा बिक्री डिपो रहेको लक्ष्मी चुक अमिलो खैरहनी–१ रहेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीका अनुसार तीनवटा कम्पनीको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा नक्कली चुक अमिलो बनाएको प्रमाणित भएपछि मुद्दा दर्ता गरिएको हो । खाद्य ऐन अनुसार नक्कली खाद्यान्न बेच्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>