अर्थ वार्ता

एकैदिन प्रतितोला एक हजार रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

Banner

काठमाडौँ, फागुन ३०-

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार घटेर प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ ।

यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजारले कमी आई प्रतितोला रु एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ । चाँदी प्रतितोला रु ३० ले कमी भई प्रतितोला रु एक हजार चार सय ६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>