खेलकुद

‘प्रथम भरतपुर मेयर कप आमन्त्रित अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ हुने

Banner

चितवन, फागुन २९–

भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा ‘प्रथम भरतपुर मेयस कप आमन्त्रित अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०८० हुने भएको छ । भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला ब्याडमिन्टन संघको सह–आयोजनामा आउँदो चैत १५, १६ र १७ गते भरतपुर–१०,स्थित कवर्डहलमा तीन दिन प्रतियोगिता आयोजना हुन लागेको हो ।

अहिले प्रतियोगितालाई भव्य बनाउन तयारी तिव्र पारिएको चितवन जिल्ला ब्याडमिन्टन संघका कोषाध्यक्ष खुश गुरुङले जानकारी दिए । ‘हामी तयारी तिव्र पारेका छौं, आर्थिक पाटोलाई व्यवस्थित गर्दै प्रतियोगितालाई भव्य र उत्कृष्ट बनाउन लागि परेका छौं’–कोषाध्यक्ष गुरुङले भने ।

उनका अनुसार प्रतियोगितामा ६ वटा इभेन्टहरु हुनेछन् । सबैभन्दा धेरै पुरस्कार पुरुष खुल्ला डबलतर्फ विजेताले ७५ हजार रुपैयाँ पुरस्कार पाउने छ भने सबैभन्दा कम चितवन सी लेभलको डबलको विजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अहिले प्रतियोगितामा धेरै भन्दा धेरै खेलाडीहरुको सहभागिता गराउन सबै जिल्ला ब्याडमिन्टन संघहरुमा आह्वान गरिएको चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष बुद्धिराम थारुले जानकारी दिए । टिम दर्ता आउँदो चैत १३ गते विहान ११ बजेभित्रमा गरिसक्नुपर्ने सयम तोकिएको अध्यक्ष थारुले बताए । ‘हामीले खुल्ला रुपमा खेलाडी दर्ताको लागि आह्वान गरेका छौं, भारत, भुटानलगायतका सार्क देशका खेलाडीहरु सहभागि हुनेमा हामी आशावादी छौं’–अध्यक्ष थारुले भने ।

प्रतियोगितामा ६ इभेन्टहरु पुरुष डबल खुल्ला, महिला डबल खुल्ला, सुपर भेट्रान ५५ प्लस डबल खुल्ला, भेट्रान ४५ प्लस डबल खुल्ला, पुरुष डबल (उत्कृष्ट २० ¥याङकका खेलाडी) र चितवन ‘सी’ लेभल डबल रहने छन् । नाम दर्ताका लागि २ हजारदेखि ३५ सय रुपैयाँ शुल्क तोकिएको आयोजकले जनाएको छ ।

यस प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघले मान्यता दिएको छ । जसले गर्दा यस प्रतियोगिता खेल्ने राष्ट्रिय खेलाडीहरुले रैकिंग प्वाइन्ट पाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>