देश/प्रदेश

राष्ट्रिय सभा अध्यक्ष दाहालले लिए शपथ

Banner

काठमाडौँ, फागुन २९-

नव निर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ ग्रहण गरेका छन्  ।

दाहालले मंगलबार राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहणपछि उनी सहिद स्मारक लैनचौरमा सहिदको शालिकमा माल्यार्पण गर्न गएका थिए ।

नेपाली कांग्रेसका उम्मेदवार रहेका सांसद युवराज शर्मालाई पराजित गर्दै माओवादीका सांसद दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका थिए । दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत र विपक्षमा १७ मत परेको थियो । मंगलबार राष्ट्रिय सभा बैठकमा ५६ जना सांसद उपस्थित थिए। दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाले समर्थन गरेका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>