चितवन विशेष

बालकुमारी स्कुलमा निःशुल्क आँखा जाँचसंगै चश्मा वितरण

Banner

चितवन, फागुन २९–

चितवनको नारायणगढस्थित बालकुमारी इङलिस स्कुलमा विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिएको छ । स्कुलको ५५औं वार्षिकोत्सवको अवसरमा नेपाल नेत्रज्योति संघ र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँचसंगै आवश्यकताको आधारमा चश्मा वितरण गरिएको थियो ।

कार्यक्रममा १ देखि १० कक्षासम्ममा अध्ययनरत ५१५ जना विद्यार्थीको आँखा परीक्षण गरिएको थियो । जसमध्ये ३८ जना विद्यार्थीले चश्मा लगाउनुपर्ने र अन्य १६ जनाको थप उपचार भरतपुर आँखा अस्पतालमै गर्नुपर्ने अवस्था देखिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभातकुमार जोशीले आँखाको समस्याकै कारण कोहीपनि बाबुनानीलाई पढाईमा समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क आँखा जाँच गरिएको बताए । उनले विगतमा पनि विद्यालयमा यस्तै आँखा शिविर आयोजना गर्दै आइरहेको भन्दै आगामि दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>