देश/प्रदेश

रोट्रयाक्ट डिष्ट्रिक्टद्वारा २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम

Banner

धुलिखेल, फागुन २८–

रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजनामा काभ्रेको धुलिखेलमा २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आगामी रोट्रयाक्ट वर्ष २०२४/२५ का लागि देशैभर रहेका सम्पूर्ण रोट्रयाक्ट क्लबहरुका पदाधिकारी एवं सदस्यहरुलाइ रोट्रयाक्ट सम्बन्धि विभिन्न तालीमहरु प्रदान गर्ने उदेश्यले प्रशिक्षकहरुलाई तालीम प्रदान गरिएको हो ।

धुलिखेलस्थित माउन्ट प्रिन्सेस होटेलमा भएको तालीममा प्रशिक्षकहरुलाई विभिन्न विषयबस्तुमा केन्द्रित रहेर सैद्धान्तिक, ब्यबहारिक एवं समूहहरु निर्माण गरि प्रयोगात्मक सिकाइ पद्धति र खेल सिकाइ पद्धति समेत अबलम्बन गरि तालीम प्रदान गरिएको थियो भने तालीममा सहभागीहरुलाई विभिन्न विधाहरुमा मूल्याकंन गरि उत्कृष्टलाई पुरस्कृत समेत गरिएको थियो ।

सो अवसरमा रोट्रयाक्ट डिस्टिक ३२९२ का वर्तमान डिआरआर रोशन कुमार कार्की, प्रशिक्षक नानिकाजी खड्का, प्रदिप धिताल, २०२४/२५ का लागि इलेक्ट डिआरआर दिनेश गैरे लगायतले फरक-फरक शीर्षकमा तालीम प्रदान गर्नुभएको थियो । आगामी रोट्रयाक्ट वर्ष २०२४/२५ लाई फरक एवं प्रभावकारी ढंगले अगाडि बढाउने र प्रशिक्षकहरुको भुमिकालाई पनि प्रभावकारी बनाउने उदेश्यले अहिले नै देशभरबाट ४६ जना प्रशिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सप्पन्न गरिएको वर्ष २०२४/२५ का डिआरआर विक्रम क्षेत्रीले जानकारी दिनुभयो। कार्यक्रमको सहजीकरण वर्ष २०२४/२५ का लागि रोट्रयाक्ट डिष्ट्रिक्ट तालीम निर्देशक अनुषा घिमिरे नेपाललगायतले गरेको रोट्रयाक्ट डिष्ट्रिक्ट मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>