देश/प्रदेश

प्रहरी कार्यालयबाट भागेका थुनुवालाई समाउन खोज्दा भीरबाट खसेर एक प्रहरीको मृत्यु

Banner

दार्चुला, फागुन २८-

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ ।

३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो कार्यालयको छतबाट हामफाल्दा भीरमा पुगेर मृत्यु भएको हो ।
चौधरी कैलालीका हुन् ।

जवरजस्ती करणी मुद्दामा पक्राउ परेका महाकाली नगरपालिका वडा नम्बर १ का उमेशसिंह कुँवर सोधपुछ चलिरहेको बेला हतकडीसहित प्रहरी कार्यालयबाट भागेका थिए । उनलाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडी भागबाट हामफालेका थिए । त्यसक्रममा उनी भीरमा खसेर टाउकोमा चोट लागेको थियो।

लडेको केहीबेरमा जवान चौधरीको मृत्यु भएको थियो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । भागेका थुनुवा कुँवरलाई प्रहरीले भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>