भरतपुर

समस्यामा परेका वडाबासीलाई सहयोग गर्न कांग्रेस भरतपुर–७ को नौलो अभ्यास

Banner

चितवन, फागुन २८-

नेपाली कांग्रेस भरतपुर महानगरपालिका–७ वडा समितिले समस्यामा परेका वडाबासीलाई सहयोग गर्न नौलो अभ्यासको थालनी गरेको छ । वडा समितिले एक सूचना जारी गरी समस्यामा परेका व्यक्तिलाई सहजीकरण आवश्यक परेमा आफ्नो वडाका नेताहरुलाई सम्पर्क गर्न भनेको छ ।

जनताको सुख दुःखमा साथ दिने उद्धेश्यले विभिन्न समस्यामा सहजीकरण गर्नका लागि नेताहरुको सम्पर्क नम्बर उपलब्ध गराइएको कांग्रेस भरतपुर–७ का वडा सभापति विनोद ढकालले बताए ।

वडा सभापति ढकालले वडा भित्रका जनतालाई स्वास्थ्य उपचारमा समस्या वा दैनिक खानामा समस्या भएमा सहयोग एवम् सहजीकरण गर्ने भएका छन् ।

कांग्रेसबाट निर्वाचित भरतपुर–७ का वडा सदस्यहरु किरण अधिकारी, अमृता गौतम र रिता दर्जीले वडा कार्यालयको सेवामा सहजीकरण गर्ने ढकालले जानकारी दिए । त्यस्तै, विरामीका लागि रगत आवश्यक परेमा कृष्णप्रसाद ढकाल र जगनाथ न्यौपाने, संघसंस्था, प्रशासन एवम् विद्युतसँग समन्वय गर्नुपरेमा दिपेन्द्रराज पौडेल, रविभद्र खनाल र कल्पना पौडेललाई सम्पर्क गर्न कांग्रेस वडा समितिले भनेको छ ।

बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग आवश्यक परेमा विकास पौडेल, सहकारी तथा वित्तिय समन्वय गर्नुपरेमा राजेन्द्रबाबु ढकाल र रामचन्द्र चालिसे, युवा समन्वय गर्नुपरेमा शिवराम अधिकारी, राजकुमार गुरुङ र मेलमिलाप कर्ताको लागि पार्वती कँडेल र मिलन थापाको सम्पर्क नम्बर उपलब्ध गराइएको छ ।

कृषि क्षेत्रको लागि नेत्रप्रसाद पौडेल र घननाथ महतो, सुरक्षा तथा खेलकुदका लागि बाबुराम अधिकारी र अशोक विष्ट, महिला हिंसा विरुद्धको लागि मुना रेग्मी र जानुका श्रेष्ठ, भ्रष्ट्राचार विरुद्धको अभियानको पूर्णचन्द्र अधिकारी र ज्येष्ठ नागरिक सहयोग तथा समन्वयका लागि चन्द्रकला पौडेल, नारायणप्रसाद भट्टराई र अम्बिका पोख्रेललाई सम्पर्क गर्न भनिएको छ ।

कांग्रेसको वडा समितिले थालेको यो अभ्यासको प्रभावकारीताको भने परीक्षण हुन बाँकी छ । जिम्मेवारी पाएका नेताहरुको समन्वय र प्रतिक्रियाबाट यो अभ्यासको प्रभावकारीता मापन हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>