Breaking News

एसइईमा चितवनबाट १० हजार ९१४ विद्यार्थी सहभागी हुँदै, कक्षा ११ पढ्न सबै विषय पास हुनुपर्ने

Banner

चितवन, फागुन २७-

चैत १५ बिहीबारदेखि सुरू हुने एसइई परीक्षामा चितवनबाट यस वर्ष १० हजार ९१४ जना विद्यार्थी सहभागी हुँदै छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ चितवनका अनुसार यस वर्ष नयाँ कोर्स र परीक्षा प्रणाली अनुसार सो संख्यामा विद्यार्थी सहभागी हुन लागेका हुन् । गत वर्ष भने एसईई परीक्षामा १० हजार ८५६ जना विद्यार्थी सहभागी भएका थिए ।

शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी दिपेन्द्रराज श्रेष्ठका अनुसार यस वर्ष एसईई दिने १० हजार ९१४ विद्यार्थी मध्ये नियमित १० हजार ५६९ , २१७ जना प्राविधिक र १२८ जना विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिने तयारी गर्दै छन् । उनले एसईईमा २३४ विद्यालयका विद्यार्थी सहभागी हुँदै छन् भने गत वर्ष जस्तै यस वर्ष पनि ४२ वटा परीक्षा केन्द्र कायम गरिने नारायणी अनलाइनलाई बताए ।
विद्यार्थीहरुले यसपटक नयाँ कोर्समा नयाँ ग्रेडिङ प्रणालीमा रहेर परीक्षा दिने भएका छन् । गत वर्ष ८०० पूर्णाङ्कमा एसईई दिएका विद्यार्थीहरुले यस वर्ष ७०० पूर्णाङ्कमा दिँदै छन् भने कम्तीमा सबै विषयमा ३५ अंक ल्याउनेले मात्र कक्षा ११ पढ्न पाउने व्यवस्था गरिएको छ । सूचना अधिकारी श्रेष्ठले अन्तर्राष्ट्रिय मापदण्ड र शैक्षिक गुणस्तर कायम गर्नलाई अंक बढाइएको जानकारी दिए । उनले कक्षा ११ पढ्नलाई सबै विषय पास गर्नुपर्ने बताए । दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने छन् भने दुईभन्दा बढी एनजी आए अर्को वर्ष कुर्नुपर्ने प्रावधान रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>