चितवन विशेष

निवृत्त शिक्षक समाज रत्ननगरको अध्यक्षमा पुनः बराल

Banner

चितवन, फागुन २७-

नेपाल निवृत्त शिक्षक समाज रत्ननगरको अध्यक्षमा पुनःऋषिराम बराल चयन भएका छन् ।

शनिबार भएको शिक्षक समाजको तेस्रो साधारण सभा एवम् दोस्रो अधिवेशनमा बराल चयन भएका हुन् ।

शिक्षक समाजको उपाध्यक्षमा विमलप्रसाद अधिकारी, सचिवमा गोपीप्रसाद अधिकारी, कोषाध्यक्षमा तुलादेवी लामिछाने रहेका छन् । त्यसैगरी सदस्यहरुमा केशबप्रसाद तिमिल्सिना, गोविन्दप्रसाद खोलाकी, सोमकुमार श्रेष्ठ, गोविन्दकृष्ण श्रेष्ठ, बद्रीप्रसाद रिजाल, झलकसिंह बस्नेत, पदमनारायण पौडेल, बेदप्रसाद पौडेल चयन भएका छन् ।

नवनिर्वाचित समितिलाई शनिबार नै प्रमाणपत्र बितरण तथा पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ । नेपाल निवृत्त शिक्षक समाज चितवनका जिल्ला अध्यक्ष कमलीकान्त घिमिरेले नवनिर्वाचित समितिलाई सपथग्रहण गराएका थिए । निर्वाचन समितिका संयोजक निलकण्ठ पौडेल र सदस्यहरु पुष्पराज मरहठ्ठा, मोहनप्रसाद भट्टराईले प्रमाणपत्र हस्तान्तण गरेका थिए ।

रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक प्रमुख अतिथि रहेको कार्यक्रममा रत्ननगरको शैक्षिक विकासमा योगदान दिएका सेवा निवृत्त शिक्षकहरु एकराज रेग्मी र कृर्तिनाथ पौडेललाई सम्मान गरिएको छ । कार्यक्रममा समाजका अध्यक्ष बरालले संस्थागत प्रतिवेदनसहित निर्वतमान सचिव विमलप्रसाद अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष खड्कप्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपमेयर पाठकले निर्वाचित सबैलाई शुभकामना दिँदैँ सेवानिवृत्त शिक्षकलाई समाजसँग जोड्ने र उनीहरुको अनुभवलाई समाजमा लगाउने स्थानीय सरकारको योजना रहेको बताए । उपमेयर पाठकले कुनै पनि संस्थालाई संस्थागत चलाउने कुरा मत्वपूर्ण रहेको बताए । उनले भने,‘कुनै पनि संस्थालाई संस्थागत चलाउने कुरा मत्वपूर्ण हो । संस्थागत विकासलाई नाफा नोक्सानसँग जोड्नु हुँदैन ।’ उनले निवृत शिक्षकले आफ्नो गाउँघरमा भएको विद्यालयमा सक्दो सल्लाह सुझाव, सहयोग गर्न सुझाव दिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, नेपाल निवृत्त शिक्षक समाज चितवनका अध्यक्ष घिमिरे, रत्ननगरका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय प्रतिनिधि चन्द्रकान्त न्यौपाने, रेडक्रसका पूर्वजिल्ला सभापति ज्ञानशाली न्यौपाने, आजिवन सदस्य केशवराज तिमिल्सिनालगायतले मन्तव्य राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>