देश/प्रदेश

लुकाइछिपाइ ल्याएको ११ लाखसहित चारजना प्रहरी नियन्त्रणमा

Banner

मकवानपुर, फागुन २७-

प्रहरीले लुकाइछिपाइ ल्याएको रु १ लाख ५० हजारसहित चारजनालाई नियन्त्रणमा लिइएको छ ।

हेटौँडा-१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बि आर ०१ एआर २९९१ नम्बरको भारतीय कारको सिटमुनी अवैध रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताउनुभयो ।

रकमसँगै कार चालक भारत विहार सीतामणि थाना ९९ भूभैरवो बस्ने वर्ष ३० को राकेशकुमार र सोही कारमा सवार वर्ष ३० को चन्द्रबाबु, वर्ष ३७ को अशोक राय, सुनसरी कोशी गाउँपालिका– ४ बस्ने वर्ष ३२ को निजाम मियाँसमेत चारजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भण्डारीले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area