देश/प्रदेश

दैनिक बीस हजार लिटर दूध सङ्कलन

Banner

मकवानपुर, फागुन २७-

हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटौँडा दूध विकास बोर्डलाई छ हजार लिटर गरी कूल १६ हजार लिटर दूध पठाउने गरेको सो आयोजनाले जनाएको छ ।

आयोजनाले पर्साको वीरगञ्ज, चितवनको भरतपुर, नारायणगढ र मकवानपुरको हेटाँैडामा दैनिक चार हजार लिटर स्थानीय उपभोक्तालाई दूध वितरण गर्दै आएको छ । सो आयोजनाले मधेस प्रदेशको सर्लाही, रौतहट, बारा, पर्सा बागमतीको मकवानपुरमा गरी दुई वटा दूध उत्पादक सहकारी संस्थाबाट दूध खरिद गर्ने गरेको उक्त आयोजनाले जनाएको छ ।

हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख राजीव खनालले रासससगँ संक्षिप्त कुराकानी गर्नुहुँदै तराईका जिल्लाका किसानले अहिले पशुपालन गरी त्यस भेगबाट दैनिक दुई लाख लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको भए तापनि वीरगञ्ज, नारायणगढ र हेटौँडा बजारमा स्थानीय उपभोक्ताको दूधमा माग वृद्घि हुन नसक्दा ती किसानले उत्पादन गरेको दूधलाई आयोजनाले खरिद गर्न चुनौती थपिएको बताउनुभयो ।

उहाँका अनुसार आयोजनाले अब ती सहरमा थप दूधको माग बढाउन वीरगञ्ज, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका र चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधि र स्थानीय उपभोक्ताबीच सहकार्य र प्राविधिक पक्षमा छलफल गर्न केही दिनभित्र प्राविधिक टोली त्यसतर्फ खटाइने भएको पनि जानकारी दिनुभयो ।

यसैगरी सो आयोजनाले मधेसको चार जिल्ला र बागमतीको मकवानपुर गरी करिब २८ हजार चार सय किसानलाई आयोजनाले उक्त दूध खरिद गरेबापत मासिक रु तीन करोड १० लाख रकम भुक्तानी गर्ने गरेको आयोजनाका प्रमुख खनालले बताउनुभयो ।

यसैगरी सो आयोजनाले अहिले दैनिक दही सात सय लिटर, घ्यू नौ सय केजी, पनिर चार सय केजी र मखन पाँच सय केजी उत्पादन गर्दै आएको छ । त्यस्तैगरी उक्त आयोजनाले मिठाइ तर्फ पेडा र लालमोहन दैनिक एक हजार दुई सय कार्टुन उत्पादन गर्दै आएको छ । काठमाडाँैको उपभोक्ताको माग बमोजिम मिठाइ, पेडा र लालमोहन दैनिक आठ सय कार्टुन काठमाडाँैमा पठाउँदै आएको सो आयोजनाले जनाएको छ ।

यसैगरी उक्त आयोजनाले गत साउन र भदौ महिनाको तुलनामा स्थानीय बजारमा दूधको माग खपतमा कम हुँदा अहिले उक्त आयोजनाले दैनिक दुई हजार लिटर दूध खरिद गर्ने क्रममा कटौती गरिएको आयोजनाका सूचना अधिकारी कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो आयोजनामा प्रशासन, लेखा, प्राविधिक र मजदुरहरु गरी एक सय ५० जनाले स्थायी रोजगारी प्राप्त गरिरहेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area