समाचार

उपनिर्वाचनको उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए निवेदन

०
Banner

काठमाडौं,फागुन २७-

आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिएका छन् । पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले पनि उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन् । एमालेको इलाम जिल्ला कमिटीले उम्मेदवार चयन गर्न अध्ययन कार्यदल गठन गरेको छ ।

पार्टी उपाध्यक्ष उदयबहादुर राई नेतृत्वको कार्यदलले उम्मेदवारका आकांक्षीहरुसँग निवेदन मागेको थियो । संयोजक राईका अनुसार, अहिलेसम्म सुहाङसहित चार जनाले निवेदन दिएका छन् । उम्मेदवार बन्न सुहाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल र देवी क्षेत्री दुलालले निवेदन दिएका छन् । यी सूची आगामी ३ चैतभित्र जिल्ला कमिटीमा पेश गर्ने कार्यसूची छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>